PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश ५ को सभामुखमा पूर्ण घर्ती निर्विरोध 



चन्द्रकान्त खनाल

प्रदेश ५ को सभामुखमा पूर्ण घर्ती निर्विरोध 

रुपन्देहीः प्रदेश न ५ मा सभामुखका नेकपा माओवादी केन्द्रका नेता रुकुमका पूर्ण घर्तीमात्र उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका छन्। 

बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएकोमा अरुको उम्मेदवारी परेन।

घर्तीलाइ सभामुखमा निर्वाचित गरियोस भन्दै माओवादीका सचेतक दधिराम शर्मा प्रस्तावक र एमालेका सचेतक भुमेश्वर ढकालको समर्थन सहित मनोनयन पत्र बुझाएका थिए।

बाम गठबन्धनबीच यस अघि नै माओवादीलाई सभामुख दिइने सहमति भएको थियो।

भोली सभामुखले प्रदेश प्रमुखसँग सपथ लिने कार्यक्रम रहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell