PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

च्याम्पियनस लिग : म्यानचेष्टर सिटी विजयी, टोटनहम र युभेन्ट्सले खेले बराबरी



पहिलोपोस्ट

च्याम्पियनस लिग : म्यानचेष्टर सिटी विजयी, टोटनहम र युभेन्ट्सले खेले बराबरी

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा इंगलिस क्लब म्यानचेष्टर सिटी विजयी भएको छ। अर्को इंगलिस क्लब टोटनहमले भने इटालियन क्लब युभेन्ट्ससँग बराबरी खेलेको छ।

सिटीले अवे मैदानमा स्वीट्जरल्याण्डको बासेललाई ४-० ले हरायो। सिटीका लागि इकाए गुन्डागोनले दुई तथा बर्नर्डो शिल्भा र सर्वियो अगुएरोले एक-एक गोल गरे।

उता गोन्जावलो हिगवेनको पेनाल्टी चुकाएको खेलमा युभेन्ट्सले घरेलु मैदानमा टोटनहमसँग २-२ को बराबरी खेल्यो। युभेन्ट्सका लागि दुवै गो हिग्वेनले गरे। जसमा एक पेनाल्टी गोल समावेश थियो। तर उनले अर्को पेनाल्टी गोलमा परिणत गर्न नसक्दा युभेन्टस जितबाट बन्चित रह्यो।

दुई गोलले पछि परेको टोटनहमका लागि ह्यारी केन र क्रिस्टिएन एरिक्सनले बराबरी गोल फर्काए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell