PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम नतिजा आज सार्वजनिक गर्ने



पहिलोपोस्ट

निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम नतिजा आज सार्वजनिक गर्ने

काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम नतिजा आज सार्वजनिक गर्ने भएको छ। आयोगले सिफारिस सदस्यको नामावलीमा प्राविधिक त्रुटि सच्याउन दलहरुलाई दिएको समयसीमा साँझ ५ बजे सकिँदैछ। सूची सच्याउने समय सकिएपछि आयोगले अन्तिम नामावली सार्वजनिक गर्नेछ।

दलहरुले पठाएको नामावली जाँच गरी परिणाम सार्वजनिक गर्ने आयोग प्रवक्ता नवराज ढकालले बताए। ढकालका अनुसार दलहरुले सच्याएर पठाएको नामावली ठीक भएमा रुजु गरी सिफारिस सदस्यलाई विजयी घोषित गरिनेछ।

दलहरुले सोमबारसम्म अयोगलाई समानुपातिक उम्मेदवार निर्वाचित गर्न नामावली सिफारिस गरेका थिए। आयोगले समानुपातिक बन्दसूचीको समावेशी समुहको प्राथमिकता क्रम लगायतका आधारमा उम्मेदवार छनोट गर्न भन्दै तीन दलहरुलाई पत्राचार गरेको थियो।

आयोगले नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपा नेपाललाई प्राथमिकता क्रम मिलाउन पत्राचार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell