PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर पाँच जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै



पहिलोपोस्ट

बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर पाँच जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
प्रतीकात्मक चस्वीर

काठमाडौंः बैतडीको दशरथचन्द्र नगरपालिका २ मा चट्याङ लागेर नेपाली सेनाका २२ जवान घाइते भएका छन्। मंगलबार साँझ करिव पौने आठ बजे परेको चट्याङका कारण तालिममा रहेका जवान घाइते भएको सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए।

शत्रुमर्दन गुल्ममा तालिम गरिरहेका २२ जना घाइते भएका हुन्। घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते पाँचै जनाको चट्याङका कारण शरीर जलेको प्रवक्ता भण्डारीले बताए।

घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार सम्भव नभएकाले काठमाडौं ल्याउन नेपाली सेनाको हलिकप्टर पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell