PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कारको ठक्करबाट वृद्धको मृत्यु



पहिलोपोस्ट

कारको ठक्करबाट वृद्धको मृत्यु

पथरीः पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको बा १८ च २२४० नम्‍बरको कारले साइकलयात्री सुब्बालाई साँझ ६ः०० बजे सुन्दरहरैचा–७ विश्वकर्मा मन्दिर नजिकै ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका सुब्बाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राति ८ः०० बजे मृत्यु भएको हो। ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell