PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

नवराज सिलवालको कीर्ते प्रकरण : प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो रायसहितको प्रतिवेदन



सविन ढकाल

नवराज सिलवालको कीर्ते प्रकरण : प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो रायसहितको प्रतिवेदन
फाइल फोटो

काठमाडौः पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध  कीर्ते अभियोगको अनुसन्धान पूरा गरी राय सहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

आज बिहान प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको सरकारी वकिलको कार्यालयका प्रमुख सूर्यराज दाहालले जानकारी दिए।
'हामीकहाँ रायसहितको प्रतिवेदन आइसकेको छ,' उनले भने, 'मुद्दा दर्ता भने भइसकेको छैन।' 

प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरी मुद्दा दर्ता गर्न पर्ने या नपर्ने ठहर्‍याउने छ। सरकारी वकिलको कार्यालयले प्रतिवेदनअनुसार मुद्दा दर्ता गर्नुपर्ने देखिएमा मात्र सिलवालको फाइल मुद्दाका लागि अगाडि बढाउने छ।

आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने दावीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो।

सर्वोच्व अदालतको फैसला अनुसार नै प्रहरीले गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरेदेखि सिलवाल प्रहरीको खोजी सूचीमा छन्। प्रहरीले डिफ्युजन नोटिस नै जारी गरी सिलवाललाई खोजी गरिरहे पनि उनी भेटिएका छैनन्।

डिआइजी सिलवालले भने आफूले बुझाएको कासमु फाइल अनलाइनमा आएको समाचारको आधारमा बुझाएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन्। सिलवालले अदालतमा बुझाएको फायल किर्ते गरिएको फरेन्सी ल्याव परीक्षणमा देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell