
जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत नियुक्त भएका छन्। बुधबार एक समारोहका बीच दुई नम्बर प्रदेशका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्तले राउतलाई नियुक्तको पत्र दिएका छन्।
सपथ ग्रहण भने बिहीबार हुनेछ।
संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता राउतले हिजो मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख कायस्तसँग दाबी पेस गरेका थिए। दुई नम्बर प्रदेशमा फोरम र राजपासहितको मधेशी गठबन्धनको सरकार बन्दैछ।