PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

समानुपातिक सूची बुझाएपछि आज प्रम देउवाले सम्बोधन गर्ने



पहिलोपोस्ट

समानुपातिक सूची बुझाएपछि आज प्रम देउवाले सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाड्ने पूर्वसन्ध्यामा आज जनताको नाममा सम्बोधन गर्दैछन्। ८ महिना लामो सत्ता नेतृत्व लिएका देउवाले तीन तहको निर्वाचन सफल गरेलगायत सरकारले गरेका कामबारे आज सम्बोधन गर्ने तयारी भएको हो।

'सरकारले गरेका कामबारे जानकारी दिँदै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो,' नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पहिलोपोस्टसँग भने।

निर्वाचन आयोगलाई आजै नेपाली कांग्रेसले सच्याइएको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउँदैछ। योसँगै सम्पूर्ण निर्वाचनका कार्यतालिका पूरा हुन्छ। सूची पाएपछि आयोगले राष्ट्रपतिसामु निर्वाचनको परिणाम पेश गर्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell