PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त हुँदै, शपथ भोलि 



पहिलोपोस्ट

प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त हुँदै, शपथ भोलि 

काठमाडौँ : प्रदेश १ को मुख्यमन्त्रीमा आज एमाले नेता शेरधन राई नियुक्त हुँदै छन्। मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम भने बिहीबार २ बजेको लागि तोकिएको छ। 

बिहीबार नै उनी सँगै केही मन्त्रीहरुले समेत सपथ ग्रहण गर्ने छन्। सांसद हिक्मत कुमार कार्कीका अनुसार सानोमा तीन वा ठुलोमा पाँच जनाको मन्त्रिपरिषद् गठन हुनेछ।

तीन जना सम्मको मन्त्रिपरिषद् गठन भए एमालेबाट मुख्यमन्त्री सहित दुई र माओवादी एक जना सदस्य रहने छन्। पाँचजना सदस्यको मन्त्रिपरिषद् गठन हुने भए मुख्यमन्त्री सहित ३ र माओवादीबाट दुई जना रहने छन्।
 
को-को मन्त्री हुने भन्ने कुरा टुङ्गो लागेको छैन। कार्कीका अनुसार आज बस्ने एमाले माओवादीको बैठकले मन्त्रीको नाम टुङ्गो लगाउने छ।
 
बिहीबार मुख्यमन्त्री सहित उनीहरुले पनि सपथ ग्रहण गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell