PahiloPost

Mar 29, 2025 | १५ चैत्र २०८१

कांग्रेसको संशोधित सूची : पाण्डेको ठाउँमा विष्ट, शर्माको ठाउँमा शाही



रासस

कांग्रेसको संशोधित सूची : पाण्डेको ठाउँमा विष्ट, शर्माको ठाउँमा शाही

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ। 

कांग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाइ रंगमती शाहीको नाम राखेको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।  

नाम थपिएका विष्ट र शाही दुवै पिछडिएका क्षेत्रबाट परेका हुन्। यस अघिको सूचीमा नाम रहेका पाण्डे र शर्मा दुबै खस/आर्य कोटामा परेका थिए। कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पिछडिएको क्षेत्रबाट कुनै पनि प्रतिनिधित्व नभएको भन्दै आयोगले सच्याउन दुई दिनको समय दिएको थियो। 

समानुपातिक सूचीमा कहाँ चिप्लियो कांग्रेस? बुझाइएको सूचीबाट को हुँदैछ 'इन', को 'आउट'?

कांग्रेसले यस अघिको सूची सच्याएर आजै आयोगमा बुझाउँदैछ। आयोगले दलहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फको सिटअनुसार सूची बुझाउन दोस्रो पटक दिएको समय आज सकिँदैछ। 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माघ २९ गते बसेको बैठकले समानुपातिक स्थानमा नामावली टुंगो लगाई सोही दिन आयोगमा सूची बुझाएको थियो। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ कांग्रेसले ४० स्थान प्राप्त गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell