काठमाडौं: गायक अनिल सिंहको नयाँ गीत ’सु स्वागतम’ सार्वजनिक गरेका छन्। भिडियोसहित गीतको युट्युब रिलिज भएको हो।
सार्वजनिक गीतमा शब्द सञ्चारकर्मी नरेश भट्टराईको रहेको छ भने संगीत अनिल सिंहकै रहेको छ।
सुरेन श्रेष्ठले निर्देशित गीतको भिडियो अस्ट्रेलियामा छायांकन भएको हो। जसमा तमन्ना शर्मा र सुरेन श्रेष्ठको फिचरीङ रहेको छ। टेक बयलकोटीले खिचेका भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।
गीत रिलिजसँगै अनिलले आफू नयाँ एल्बमको तयारीमा रहेको जानकारी दिए।