PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

एकता संयोजन समितिको बैठक अघि अोली प्रचण्डको 'वान टु वान' वार्ता सुरू



पहिलोपोस्ट

एकता संयोजन समितिको बैठक अघि अोली प्रचण्डको 'वान टु वान' वार्ता सुरू

काठमाडौंः एमाले–माओवादी अध्यक्ष ‘वान टु वान’ वार्ता सुरू भएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले ललितपुरमा भेटवार्ता भैरहेको छ। 

तीन बजे बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक अघि दुर्इ अध्यक्षहरू वान टु वान वार्तामा जुटेका हुन्। उनीहरुको भेटवार्ता सकिए लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।
 
पार्टी एकता निष्कर्षमा पुर्याउने जिम्मेवारी दुई अध्यक्षलाई छ। पार्टी एकताको लागि केहि दिन देखि दुई अध्यक्षहरुले गोप्य भेटवार्ता गरिरहेका छन्। 

पार्टीको नेतृत्व, सरकारको नेतृत्व, सांगठनिक स्वरुप, पार्टी नीति र महाधिवेशन लगायतका विषयमा अध्यक्षहरुबीच छलफल भइरहेको छ। 

पार्टी एकता संयोजन समितिको आजको बैठकले पार्टी एकताबारे केही ठोस अवधारणा बनाउने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell