काठमाडौं: फिल्म लिलिबिलीको शिर्ष गीत रिलिज भएको छ। 'घुम्न जाउँ इन्जिन गाडीमा' बोलको गीत भिडियोसहित इन्टरनेट रिलिज भएको हो।
एस डी योगीको स्वर तथा संगीत रहेको गीतमा एकतारेले शब्द दिएका छन्। मुख्य दुई कलाकार प्रदीप खड्का र जसिता गुरुङ फिचर्ड गीतको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाईले खिचेका हुन्।
गीत रिलिजसँगै कभर भिडियो प्रतियोगिता समेत आह्वान गरिएको छ। ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ बोलको शिर्ष गीतमा कभर भिडियो बनाएर आफ्नै/जुनसुकै युट्युब च्यानलमा अपलोड गरिसकेपछि ‘लिलिबिली’को अफिसियल पेजमा सेन्ड गर्नु पर्नेछ। हिट्सको आधारमा विजेता घोषणा हुनेछन् र पुरस्कार राशी १ लाख रहेको छ।
मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स आदिको अभिनय रहेको छ। फिल्म चैत ३० गते सार्वजनिक हुँदैछ।
फिल्मलाई मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन्।