PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

झापाबाट सुरु भयो 'जय भोले' प्रोडक्सन यात्रा



पहिलोपोस्ट

झापाबाट सुरु भयो 'जय भोले' प्रोडक्सन यात्रा

काठमाडौं: फिल्म 'जय भोले'को छायांकन सुरु भएको छ। पूर्व नेपालको झापाबाट मंगलबार सुरु भएको छायांकनमा कलाकारहरु स्वस्तिमा खड्का, सौगात मल्ल र खगेन्द्र लामिछानेले ओपनिङ सट् दिए।  

कमेडी एवं सोसल ड्रामा सिनेमा जय भोले युनिटले अर्जुनधारा जलेश्वरधाम शिव मन्दिरमा मुहूर्तसँगै फ्लोरको यात्रा सुरु गर्‍यो। युनिट ४० दिन पूर्वमा रहनेछ। 

निर्माता, निर्देशक र अभिनेता अशोक शर्माले १२ वर्षपछि यही फिल्मबाट पुनरागमन गरेका हुन्। फिल्म उनैले निर्देशन गर्दैछन्।

ल्म वल्र्ड र एए ग्रुप ब्यानरमा फिल्म बन्न लागेको हो। दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथा फिल्मले भन्छ।

१ करोड ६० लाख बजेट बताइएको सिनेमाको छायांकन झापा र इलाममा हुनेछ। पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन समावेश हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell