PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

डिभिजन टू : नेपालका बलरलाई आच्छुआच्छु पार्ने क्यानडाका विजेरत्ने को हुन्?



पहिलोपोस्ट

डिभिजन टू : नेपालका बलरलाई आच्छुआच्छु पार्ने क्यानडाका विजेरत्ने को हुन्?
फोटो : cricketeurpoe.com

काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को अन्तिम लिग खेलमा अहिले नेपालले क्यानडासँग खेलिरहेको छ। प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदै वान डे वर्ल्ड कप क्वालिफायर खेल्न दुवै टोलीका लागि जितको विकल्प छैन। 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडाले पहिले ब्याटिङ गरिरहँदा नेपालका लागि एउटा खेलाडी तगारो बनेर ब्याटिङ गरिरहेका छन्। ओपनर श्रीमन्था विजयरत्ने प्रतियोगितामा दोस्रो खेल खेलिरहेका छन् तर उनले नेपाल विरुद्ध निकै संयमित ब्याटिङ गर्दै ९० रन बनाइसके। उनी जारी प्रतियोगितामा व्यक्तगत उच्च स्कोर बनाउने खेलाडी बनिसके। 

यसअघि नामिबिया विरुद्ध पहिलो खेल खेल्दा उनले ८ रन मात्र बनाएका थिए। 

सन् १९८९ मा श्रीलंकाको कोलोम्बोमा जन्मेका विजेरत्नेले रीलंकाको यू-१९ टोलीका लागि समेत खेलिसकेका छन्। उनले सन् २०१५ मा नेदरल्याण्ड विरुद्ध क्यानडाका लागि लिस्ट ए खेलमा डेब्य् गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell