PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

नेपाली बलरलाई छक्काउँदै विजेरत्नेको सेन्चुरी



पहिलोपोस्ट

नेपाली बलरलाई छक्काउँदै विजेरत्नेको सेन्चुरी
फाइल फोटो : Peter Della Penna/espncricinfo

काठमाडौं : नेपाली बलरहरुको प्रयास असफल पार्दै क्यानडाका खेलाडी श्रीमन्था विजेरत्नेले शतक पूरा गरेका छन्। नेपालको धारिलो बलिङलाई निस्तेज पार्दै १ सय ५० बलमा उनले १ सय १ रन जोडेका हुन्। ४९ ओभरको अन्तिम बलमा सोमपाल कामीलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे।

नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को अन्तिम लिग खेलमा अहिले नेपालले क्यानडासँग खेलिरहेको छ। प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदै वान डे वर्ल्ड कप क्वालिफायर खेल्न दुवै टोलीका लागि जितको विकल्प छैन। 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडाले पहिले ब्याटिङ गरिरहँदा नेपालका लागि एउटा खेलाडी तगारो बनेर ब्याटिङ गरिरहेका छन्।

पनर श्रीमन्था विजेरत्ने प्रतियोगितामा दोस्रो खेल खेलिरहेका छन् तर उनले नेपाल विरुद्ध निकै संयमित ब्याटिङ गर्दै शतक रन बनाइसके। उनी जारी प्रतियोगितामा व्यक्तगत उच्च स्कोर बनाउने खेलाडी बनिसकेका छन्। 

यसअघि नामिबिया विरुद्ध पहिलो खेल खेल्दा उनले ८ रन मात्र बनाएका थिए। 

सन् १९८९ मा श्रीलंकाको कोलोम्बोमा जन्मेका विजेरत्नेले रीलंकाको यू-१९ टोलीका लागि समेत खेलिसकेका छन्। उनले सन् २०१५ मा नामिबियामै भएको डिभिजन टू मा नेदरल्याण्ड विरुद्ध क्यानडाका लागि लिस्ट ए खेलमा डेब्यु गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell