PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

डिभिजन टू : विजेरत्नेको शतक, क्यानडाले दियो नेपाललाई १९५ रनको लक्ष्य



पहिलोपोस्ट

डिभिजन टू : विजेरत्नेको शतक, क्यानडाले दियो नेपाललाई १९५ रनको लक्ष्य

काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ।

विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले श्रीमन्थ विजयरत्नेको शतक मद्दतमा पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १९४ रन बनाएको हो।

क्यानडाका लागि विजेरत्नेले १५२ बलमा ८ चौका प्रहार गर्दै १०३ रन बनाए। यस्तै विकेटकिपर हम्जा तारिकले २४ रन बनाए। उनले सन्दीप लामिछानेको एकै ओभरमा दुई छक्का प्रहार गरेका थिए। एस ढिन्ड्सा १८ रनमा नटआउट रहे।

विजेरत्नेले पहिलो विकेटका लागि रुभिन्दु गुनसेकरासँग ४६ रनको साझेदारी गरेका थिए।

बलिङमा नेपालका बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए। यस्तै करण केसी र शरद भेषावकरले १-१ विकेट लिए। बसन्तले पुरै १० ओभर बलिङ गर्दै ३४ रन खर्चेर ३ विकेट लिएका हुन्।

अघिल्ला खेलहरुमा किफायती बलिङ गरेका सन्दीपले क्यानडा विरुद्ध भने पुरै ओभर बलिङ गरेनन्। खेल दौरान घाइते भएका सन्दीपले केही समय बलिङ गर्न पाएनन्। 

उनले आफ्नो पहिलो स्पेशलमा ५ ओभर बलिङ गर्लै १ मेडन राखेर ७ रन खर्चिदै २ विकेट लिएका थिए। तर दोस्रो स्पेशलमा भने उनले राम्रो गर्न सकेनन्। उनले थप ४ ओभर बलिङ गर्दा ३ छकुकासहित ३३ रन खाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell