PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

अस्पतालले लिने मनपरि शुल्क नियन्त्रण गर्न कार्यदल गठन



पहिलोपोस्ट

अस्पतालले लिने मनपरि शुल्क नियन्त्रण गर्न कार्यदल गठन
फाइल फोटो

काठमाडौं : स्वास्थ्य मन्त्रालयले निजी अस्पतालको शुल्क नियमन गर्न कार्यदल गठन गरेको छ। चिकित्सा महाशाखा प्रमुख भोलाराम श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता श्रीकृष्ण गिरीले बताए। कार्यदलले एक महिनाभित्रमा स्वास्थ्य शुल्क निर्धारण गरिसक्नेछ।

‘कार्यदलले कुन रोगको उपचारका लागि कति शुल्क लिन पाउने भन्ने खाका दिनेछ,’ प्रवक्ता गिरीले भने, ‘सोही कार्यदलले नै उपचार शुल्कको निश्चित मापदण्ड तय गर्नेछ।’

दुई महिनाअघि आपूर्ति व्यवस्था विभागले धापासीस्थित ग्रान्डी इन्टरनेसनल, ग्वार्कोस्थित बी एन्ड बी, बाँसबारीको नेसनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्स (न्युरो अस्पताल), थापाथलीको नर्भिक इन्टरनेसनल र बसुन्धराको इसान बाल अस्पताललाई छानविन गरी मुद्दा दायर गर्न काठमाडौँ प्रहरी परिसरलाई आग्रह गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell