PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

चर्चामा रहेका ६ अविवाहित सेलिब्रेटी जोडी 



पहिलोपोस्ट

चर्चामा रहेका ६ अविवाहित सेलिब्रेटी जोडी 

पछिल्लो समय नेपाली कलाकारहरु पनि आफ्नो प्रेम सम्बन्ध बारे खुलेर बोल्न थालेका छन्। मिडियामा मात्र नभएर आआफ्नो सामाजिक सञ्जालहरुमा पनि एकअर्काप्रतिको प्रेम व्यक्त गर्नु सामान्य बन्दै गएको छ। केहीले आफ्नो सम्बन्धको कुरा लुकाउन चाहे पनि व्यवहार र बोलीका कारण लुकाउन सकेका छैनन्। भ्यालेनटाइन्स डेको अवसरमा केही अविवाहित कलाकार जोडीले आफ्नो प्रेमी वा प्रेमिकालाई सम्बोधन गरेर विविध पोस्टहरु समेत गरे। यहाँ प्रस्तुत छन् केही चर्चित नेपाली कलाकार जोडी:

पल शाह र आँचल शर्मा: युवा पुस्तामा चर्चामा रहेका अभिनेता तथा अभिनेत्री हुन् पल शाह र आँचल शर्मा। अब त सामाजिक सञ्जालमा यी दुईलाई 'आँप' जोडीको रुपमा सम्बोधन गर्नेहरु समेत देखिन थालेका छन्। फिल्म 'नाईं नभन्नु ल ४'मा एकसाथ देखिएको यो जोडीको प्रेम बिस्तारै गसिपको विषय बन्यो। यी दुईले फिल्म जोनी जेन्टलम्यान र प्रदर्शनको तयारीमा रहेको फिल्म शत्रु गतेमा पनि एकसाथ काम गरेका छन्।

सौगात मल्ल र सृष्टि श्रेष्ठ: अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल एवं अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा छन्। सम्बन्ध बारे गसिप सुरु भएको केही पछि मात्र उनीहरुले सम्बन्धमा रहेको खुलाए। तीन साता अघि सार्वजनिक भएको फिल्म 'लालपुर्जा'मा सौगातको मुख्य भूमिका रहेको थियो भने सृष्टिको अतिथि भूमिका। उनीहरु एकसाथ फिल्ममा भने देखिएका छैनन्। 

संजोग कोइराला र वर्षा राउत: यो कलाकार जोडीको प्रेम मिडियामा निकै छाएको छ। दुबैले आधिकारिक फेसबुक, इन्स्टाग्राममार्फत पनि एकअर्कालाई प्रेम व्यक्त गर्छन्। संजोग र वर्षा दुबै म्युजिक भिडियोदेखि फिल्ममा छाएका कलाकारहरु हुन्। 

आयुष्मान देशराज जोशी र प्रियंका कार्की: फिल्म 'कथा काठमाडौं'मा सेटबाट नजिकिएको जोडी हो आयुष्मान देशराज जोशी र प्रियंका कार्की। यी दुईको प्रेम जोडी सर्वाधिक चर्चामा छ किनकी उनीहरुले सार्वजनिक रुपमा आफ्नो सम्बन्ध स्विकारेका छन् र सामाजिक सञ्जालमार्फत एकअर्कासँग बिताएको समय बारे अपडेट्स पनि दिने गर्छन्। हाल उनीहरु बिदा मनाउनका लागि कम्बोडिया गएका छन्।

भूवन केसी र जीया केसी: अभिनेता भूवन केसी र जीया केसीको सम्बन्ध बारे गसिप मिडियामा सामान्य भइसकेको छ। यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा छन्। फिल्म कृको गीत सुटिङका लागि समेत केही जिम्मेवारी बिनाकी जीया केसीलाई स्कटल्यान्ड लिएर गएको आरोप भूवन केसीलाई लागेको थियो। जीया पनि कलाकर्मी हुन्। उनले ‘हो यही माया हो’, ‘एटीएम’, ‘रङ वे’ लगायत फिल्ममा अभिनय गरेकी छिन्।

छवी ओझा र शिल्पा पोखरेल: फिल्म निर्माता छवी ओझा र शिल्पा पोखरेलको सम्बन्ध बारे धेरै जानकार छन्। यी दुईको विवाहको हल्ला फिल्म प्रचार प्रसारसँगै चुलिन्छ र फिल्म हलबाट उत्रिएसँगै सेलाउँछ। फिल्म मंगलम छायांकनका लागि फ्लोरमा उत्रिएसँगै सुरु भएको विवाहको हल्ला यतिखेर उस्तो चर्चामा छैन। फिल्म फागुन २५ गतेबाट रिलिज हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell