PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

कोहलपुर एक्सप्रेसको दोस्रो गीत, पच्छ्याउला 'काउ सङ्'को सफलता?



पहिलोपोस्ट

कोहलपुर एक्सप्रेसको दोस्रो गीत, पच्छ्याउला 'काउ सङ्'को सफलता?

काठमाडौं: फिल्म 'कोहलपुर एक्सप्रेस'को दोस्रो गीत सार्वजनिक भएको छ। पहिलो गीत 'काउ सङ्'ले युट्युब र सामाजिक सञ्जालमा प्रतिक्रिया पाउने क्रम जारी रहँदा 'अब मनसँग मन' बोलको गीत भिडियोसहित इन्टरनेट रिलिज भएको हो।

गीतमा शब्द र संगीत अर्जुन पोखरेलको रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तले गाएका छन्। केकी अधिकारी र बिनोद न्यौपाने फिचर्ड भिडियोमा कोरियोग्राफी गम्भीर बिष्टको रहेको छ। यसअघिको चर्चित नम्बर 'सि ‍ओ डब्लु काउ'मा पनि गम्भीरकै कोरियोग्राफी रहेको थियो भने भिडियोमा बिस्ट र रीमा विश्वकर्मा फिचर्ड थिए। उक्त गीत रिलिज भएको दश दिनमा दुई पटक नेपाल युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको थियो। 

बुधबार सार्वजनिक प्रेम गीतले फिल्मकै डान्सिङ नम्बरको सफलता पच्छ्याउला त? यो त युट्युब हिट्स र दर्शक स्रोता प्रतिक्रियाले बताउने छ।

फिल्मलाई निर्देशन बिशाल भण्डारीले गरेका हुन्। तीन युवतीको यात्राको कथा पनि निर्देशक स्वयंमले लेखेका हुन्। फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, बिनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई आदिको अभिनय रहेको छ। अर्जुन तिवारीले खिचेको फिल्मलाई भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित), शिवप्रसाद चौलागाईले संयुक्त रुपमा निर्माण गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell