PahiloPost

Mar 29, 2025 | १५ चैत्र २०८१

जाँदा जाँदै स्वास्थ्य मन्त्री बोहराले श्रेष्ठलाई बनाए स्वास्थ्य विभागको महानिर्देशक



रासस

काठमाडौँ : स्वास्थ्यमन्त्री दीपक बोहराले आज मन्त्रिस्तरीय निर्णय गर्दै डा  विनोदमान श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त गरेका छन्।

स्वास्थ्य मन्त्रालयका उपसचिव डा बाबुराम खनालले मन्त्री बोहराले प्रमुख विशेषज्ञ डा श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिएको जानकारी दिए। बाह्रौ तहका डा श्रेष्ठले आउँदो चैतमा अवकाश पाउँदै छन्।

नियमानुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा १२ औँ तहको कर्मचारी नियुक्त हुनुपर्ने व्यवस्था छ।

मन्त्री बोहराले नियमविपरीत ११ औँ तहका डा तारानाथ पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि बहाल रहेका अर्का निमित्त महानिर्देशक डा राजेन्द्र पन्त आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले डा पन्तलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएसँगै विवाद उत्पन्न भइरहेको थियो। डा श्रेष्ठ महानिर्देशक भएसँगै डा पन्त आफ्नो दरबन्दी रहेको राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुर र डा पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा फर्कने बुझिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell