PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

च्याम्पियन्स लिग : रियलले पिएसजीलाई हरायो, लिभरपुलको जितमा मानेको ह्याट्रिक



पहिलोपोस्ट

च्याम्पियन्स लिग : रियलले पिएसजीलाई हरायो, लिभरपुलको जितमा मानेको ह्याट्रिक
फोटो : युइएफए

स्पानिस जायन्ट रियल मड्रिडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै युरोपियन च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३-१ ले पराजित गरेको छ।

रियलको घरेलु मैदानमा एड्रियन र्‍याविओटले ३३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। क्रिस्टियानो रोनाल्डोले ४५औँ मिनेटमा रियलका लागि बराबरि गोल गरे। रोनाल्डोले ८३औँ तथा मार्सेलोले ८६ औँ मिनेटमा गोल गरेपछि रियल विजयी भएको हो।

अर्को खेलमा साडियो मानेले ह्याट्रिक गरेपछि लिभरपुलले पोर्टोलाई ५-० को फराकिलो अन्तरले पराजित गरेकव छ। लिभरपुलका लागि मोहमद सलाह र रोवर्टो फिर्मिनोले १-१ गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell