
काठमाडौं: नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि आज नेपाल र युएईबीच खेल हुँदैछ।
राउण्ड रोविन लिगपछि नेपाल ५ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको हो भने ५ खेलबाट नामिबिया र क्यानडा समान ६अंक जोडेको युएई रनरेटमा अगाडी रहदै दोस्रो भएको हो।
बुधबार भएको अन्तिम लिग खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै नेपाल अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको हो। यस्तै युएईले नामिबियालाई १९ रनले हराउँदै जिम्वावेको टिकट काटेको हो।
लिग चरणमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।
युनाइटेड क्रिकेट ग्राउण्डमा भएको उक्त खेल वर्षा वाधक बनेपछि ३४ ओभरमा घटाएर खेलाइएको थियो। फाइनल खेल भने वन्डरर्स मैदानमा हुँदैछ। त्यही मैदानमा नेपालले क्यानडालाई १ विकेटले हराएको थियो।
नेपाल र युएई अहिलेसम्म १३ पटक भिडेका छन्। जसमा युएई ९ खेलमा विजयी भएको छ भने नेपालले ३ खेल मात्र जितेको छ। जसमध्ये एक जित नामिबियामै थियो। नेपाल र युएईबीचको एक खेल भने टाई भएको थियो।
आजै क्यानडा र नामिबिया तेस्रो स्थानको लागि खेल्दैछन्। यी दुई टिम डिभिजन ६ मै यथावत छन्। डिभिजन थ्री मा घटुवा भइसकेका ओमान र केन्याले पाँचौ स्थानको प्लेअफ खेल्दैछ।
नेपाल र युएईले मार्च ५ देखि २५ सम्म जिम्वावेमा हुने वर्ल्ड कप क्वालिफायर खेल्नेछ।
नेपाल भर्सेस युएई, हेड टु हेड
खेल :१३
युएई जित : ९
नेपाल जित : ३
टाई : १
- १९९८ एसीसी ट्रफी : नेपाल ९४ रनले पराजित
- २००० एसीसी ट्रफी : नेपाल १ विकेटले पराजित
- २००२ एसीसी ट्रफी : नेपाल ६ विकेटले पराजित (समूह चरण)
- नेपाल ६ विकेटले पराजित (फाइनल)
- २००६ एसीसी ट्रफी : नेपाल ९ विकेटले पराजित
- २००८ एसीसी ट्रफी एलिट : नेपाल ६ विकेटले पराजित
- २०१२ एसीसी ट्रफी एलिट : नेपाल ४ विकेटले विजयी (समूह चरण) फाइनल टाई
- २०१४ वर्ल्ड कप क्वालिफायर : नेपाल १०२ रनले पराजित
- २०१४ एसीसी प्रिमियर लिग : नेपाल ४ विकेटले विजयी
- २०१७ डब्लुसिएल च्याम्पियनसिप : नेपाल ७ विकेटले पराजित, नेपाल ६३ रनले पराजित
- २०१८ डिभिजन टू : नेपाल ४ विकेटले विजयी