PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

राष्ट्रियसभाको निर्वाचन खर्च विवरण पेश गर्न आयोगले दियो फागुन २८ सम्मको समय



पहिलोपोस्ट

राष्ट्रियसभाको निर्वाचन खर्च विवरण पेश गर्न आयोगले दियो फागुन २८ सम्मको समय

काठमाडौँः निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको खर्च विवरण पेश गर्न उम्मेदवारहरुलाई सूचित गरेको छ। आयोगले सार्वजनिक सूचना जारी गरी फागुन २८ गतेसम्म तोकिएका निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न सूचित गरेको हो।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिकाको अनुसूची ८१ बमोजिम खर्च विवरण पेश गर्न उम्मेदवारलाई आग्रह गरेको हो।

आयोगका अनुसार उम्मेदवार प्रदेशगत रुपमा खर्च विवरण पेश गर्न सक्नेछन्। जसका लागि प्रदेश १ मा क्षेत्रीय निर्वाचन कार्यालय विराटनगर, प्रदेश २ मा क्षेत्रीय निर्वाचन कार्यालय जनकपुर, प्रदेश ३ मा जिल्ला निर्वाचन कार्यालय ललितपुर, प्रदेश ४ मा क्षेत्रीय निर्वाचन कार्यालय कास्की, प्रदेश ५ जिल्ला निर्वाचन कार्यालय दाङमा निर्वाचन खर्च विवरण पेश गर्न सकिनेछ।

यस्तै, प्रदेश ६ मा जिल्ला निर्वाचन कार्यालय सुर्खेत र ७ मा जिल्ला निर्वाचन कार्यालय डोटीमा खर्च विवरण पेश गर्न सकिनेछ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पनि उम्मेदवारले खर्च विवरण पेश गर्न सक्नेछन्।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उम्मेदवारले बढीमा तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell