PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

५३ जनाको हस्ताक्षरसहित ओलीले पेश गरे प्रधानमन्त्रीमा दाबीः आजै नियुक्ति, ४ बजे ‘शपथको तयारी’



पहिलोपोस्ट

५३ जनाको हस्ताक्षरसहित ओलीले पेश गरे प्रधानमन्त्रीमा दाबीः आजै नियुक्ति, ४ बजे ‘शपथको तयारी’

काठमाडौँः एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन्। वाम गठबन्धनका नेतासहित शितलनिवास पुगेका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसामु दाबी पेश गरेका हुन्।
एमाले र माओवादी केन्द्रका ५३ जना सदस्यको हस्ताक्षरसहित ओलीले दाबी पेश गरेका हुन्। 

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार ओलीको दाबी पेश भइसकेको छ। ओलीसँगै वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता सुवास नेम्वाङ तथा पूर्व कानुनमन्त्री अग्नि खरेल शितलनिवास पुगेका थिए। 

ओलीलाई आजै प्रधानमन्त्री चयन गर्ने तयारी राष्ट्रपति कार्यालयको छ। एमाले नेता कृष्णगोपाल श्रेष्ठले १ बजे एमाले संसदीय दलको बैठक बस्ने जानकारी दिए। श्रेष्ठले शपथग्रहण कार्यक्रम ४ बजे नै हुने सम्भावना रहेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell