PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

नेपालले क्यानडालाई हराउँदाको रोमाञ्चक क्षण, के भन्छन् जितका हिरो करण र सन्दीप (भिडियो)



पहिलोपोस्ट

नेपालले क्यानडालाई हराउँदाको रोमाञ्चक क्षण, के भन्छन् जितका हिरो करण र सन्दीप (भिडियो)

काठमाडौं : डिभिजन टू को अन्तिम लिग खेलमा नेपालले क्यानडालाई १ विकेटले पराजित गर्दा करण केसीले नटआउट ४२ रन बनाए। दशौँ नम्वरमा ब्याटिङ गरेका करणले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै एघारौँ नम्वरमा ब्याटिङ गरेका सन्दीप लामिछानेले नटबउट ५ रन बनाए।

करण र सन्दीपले दशौँ विकेटका लागि ५१ रनको साझेदारी गरेपछि नेपालले अन्तिम बलमा ९ क्यानडाले दिएको १९५ रनको लक्ष्य पूरा गरेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले उक्त खेलको हाइलाइट्स भिडियो तयार पारेको छ।

जसमा करण केसीले अन्तिम ओभरको पाँचौ बलमा हानेको छक्का पनि समावेश छ।

करणले सुरुको चार बलमा डट खाएपछि दुई छक्का हानेर गेम फिनिस गर्ने सोच रहेको बताएका छन्। यस्ते सन्दीपले करणलाई जतिसक्दो धेरै स्ट्राइक दिदै स्ट्राइक रोरेट गर्ने प्लान बनाउर खेलेको बताए।

नेपालले डिभिजन टू को उपाधिका लागि आज युएईसँग फाइनल खेल्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell