PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

तीन मुख्यमन्त्रीले आज शपथ लिँदै, मन्त्रिमण्डल पनि बिस्तार हुने



पहिलोपोस्ट

तीन मुख्यमन्त्रीले आज शपथ लिँदै, मन्त्रिमण्डल पनि बिस्तार हुने

काठमाडौँः नवनियुक्त तीन मुख्यमन्त्रीले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। प्रदेश नम्बर १, २ र ५ का मुख्यमन्त्रीले आज शपथ लिनेछन्। शपथसँगै सानो मन्त्रिमडल बिस्तारको पनि तयारी छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिउँसो ३ बजे वीरेन्द्र सभागृहमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङसँग शपथ लिँदैछन्। एमालेको एकल बहुमत रहेको प्रदेश १ मा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार गठन हुनेछ।

यस्तै, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि आजै शपथ लिँदैछन्। बिहान ११ बजे प्रदेश प्रमुख रत्नेश्वर कायस्थसँग राउतले शपथ लिनेछन्। बिहान ११ बजेका लागि शपथ कार्यक्रम तय भएको छ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि आजै शपथग्रहण गर्दैछन्। दिउँसो ३ बजे प्रदेश प्रमुख उमाकान्त झासँग शपथ लिने कार्यक्रम तय भएको छ।

प्रदेश ५ मा मुख्यमन्त्रीको शपथसँगै थप एक÷एक मन्त्रीको पनि शपथको तयारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell