PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

ओली प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ हुने



पहिलोपोस्ट

ओली प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ हुने

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ४१औं प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था अनुसार ओलीलाई प्रधानमन्त्रीमा चयन गरेकी हुन्।

राष्ट्रपतिद्वारा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

ओलीले वाम गठबन्धनका तर्फबाट केही समयअघि प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए। वाम गठबन्धनका नेतासहित शितलनिवास पुगेका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसामु दाबी पेश गरेका थिए।

उनले पेश गरेको दाबीमा एमाले र माओवादी केन्द्र दुई दलको समर्थन छ। 

राष्ट्रपति कार्यालयका अनुसार अपराह्नन ४ बजे शपथको कार्यक्रम तय भएको छ। शपथका लागि स्टेज समेत तयार भइसकेको छ। साेभन्दा अघि एमाले संसदीय दलको बैठक बस्दैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell