PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

बाट्ला हाउस इन्काउन्टरमा भागेका अातंकारी नेपालको सीमा क्षेत्रबाट पक्राउ गरेको भारतीय दाबी



पहिलोपोस्ट

बाट्ला हाउस इन्काउन्टरमा भागेका अातंकारी नेपालको सीमा क्षेत्रबाट पक्राउ गरेको भारतीय दाबी

नयाँ दिल्लीः भारतीय प्रहरीले नेपाल-भारत सीमाबाट एक जना अातंककारीलार्इ पक्राउ गरेको दाबी गरेको छ। भारतीय प्रहरी अधिकारीहरूले भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज खानलाई प्रहरीले पक्राउ गरेको दाबी गरेको सिन्ह्वाले जनाएको छ। 

नेपाल-भारत सिमानामा खटिएको दिल्ली प्रहरीको विषेश टोलीले खानलाई पक्राउ गरेको उनीहरूले बताएका छन्। 

'खान सन् २००८ देखि फरार रहेका थिए, उनलाई पक्राउ गर्न सफल हुनु ठूलो उपलब्धि हो,' दिल्ली प्रहरीका उपप्रमुख पी एस कुशहवाले भने।

उनका अनुसार खानले नेपाली राहदानी प्राप्त गरेर २०१४ को सेप्टेम्वरमा साउदी अरब पुगेका थिए। उनले नेपाली परिचयपत्र प्राप्त गरी २०१४ मा नेपाल बसेको उनले दिल्ली प्रहरी उपप्रमुख कुशहवाले दाबी गरेका छन्।

'सन् २०१७ मार्चमा उनी साउदी अरबबाट नेपाल फर्केका थिए, लगत्तै उनी इण्डियन मुजाहिद्दिन व्यूत्याउनका लागि भारत अाएको बुझिएको छ,' उनले भने।

खानलाई धेरै आतंकवादी हमलामा संलग्न भएको मानिएको छ । प्रहरीले कारबाही गर्न लागेपछि उनी लुक्दै भाग्दै आएका थिए । 

भारतीय प्रहरीले सन् २००८ सेप्टेम्वर १९ मा दिल्लीको बाट्ला हाउस इन्काउन्टर चलाउँदा खान भागेका थिए। सो इन्काउन्टरमा इण्डियन मुजाहिद्दिनका अातिफ अमिन र मोहम्मद साजीद मारिएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell