काठमाडौं: वेब सिरिज भनेर प्रोडक्सन सुरु गरिएको 'ट्वेनेटीफस्ट लभ अब टिभीमा पनि प्रसारण हुने भएको छ। सिरिजको बुधबार सिर्जको ट्रेलर लन्च भयो। इन्टर्नेटमार्फत रिलिज गरिएको ट्रेलरले कथाको थिम भन्छ साथै पात्रहरुको चरित्र बारे बताउँछ।
सिरिजमा कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा, थिएटर कलाकार संयोग गुरागाईं, अनुश्का अधिकारी, निसान्त सुवेदी, विजय अधिकारी, रोशनी भट्ट, दृशी श्रेष्ठ लगयतको मुख्य अभिनय रहेको छ।
युवा अवस्थाको मित्रता र प्रेम कथाको विषय हो। सिरिजलाई सरिन पोखरेलले निर्देशन गरेका हुन्। जसमा कथापनि पोखरेलकै रहेको छ। सिरिजको विषय बारे बोल्दै भने,'प्रेमसँगै जेनेरेसन ग्यापले निम्त्याउने समस्याहरु पनि समेट्ने कोसिस गरेको छु।'
वेब सिरिज हाइ स्कूलको कलाकार टिम रहेको ट्वेन्टीफस्ट लभ विषयगत र प्रस्तुतिको हिसाबमा धेरै फरक रहेको कलाकार संयोगले बताए। भने,'टिमको मिहेनत दर्शकले महसुस गर्नु होला। हामी योपटक उहाँहरुलाई निराश बनाउँदैनौं।' यसअघि हाइ स्कूलले युट्युबमा चर्चा बटुली रहँदा निर्माण पक्ष र कलाकारबिचको आन्तरिक विवादका कारण कलाकार टिम बाहिरिएको थियो।
ट्वेन्टीफस्ट लभलाई मिडिया स्केपको ब्यानरमा एसियन म्युजिक कम्पनीले निर्माण गरेको हो। इश्वर गुरुङ, दीपेन्द्र तामाङ र खगेन्द्र जीत लगानीकर्ता हुन्।
सिरिजको पहिलो अङ्क १ मार्चमा इन्टर्नेट तथा टिभी रिलिज हुनेछ।