PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

रसुवामा १०२ मेगावाट जलविद्युत उत्पादनका लागि चिनियाँ कम्पनीलार्इ स्वीकृति



पहिलोपोस्ट

रसुवामा १०२ मेगावाट जलविद्युत उत्पादनका लागि चिनियाँ कम्पनीलार्इ स्वीकृति

काठमाडौँः रसुवा जिल्ला भित्र त्रिशुली नदीमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीले स्वीकृति पाएको छ। 

उद्योग मन्त्रालयले त्रिशूली नदीमा २० अर्ब ३८ करोड रूपैयाँको लागतमा त्रिशुली नदीमा जलविद्युत उत्पादन गर्न चिनियाँ कम्पनीलार्इ स्वीकृति दिएको हो। 

औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो चाइना कर्पोरेशनलाई सो जविद्युत उत्पादनका लागि स्वीकृति प्रदान गरेको हो । 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साविक रसुवाको स्याफ्रु, गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकामा उक्त कंपनीको प्रस्ताब स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell