PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पदमुक्त भएको दिन पनि देउवाको बालुवाटारमै बास



पहिलोपोस्ट

पदमुक्त भएको दिन पनि देउवाको बालुवाटारमै बास

काठमाडौं : गत जेठ २३ गते देशको ४० ‌औं प्रधान मन्त्री बनेका शेरबहादुर देउवाले बिहीवार बिहान सरकार प्रमुखका रुपमा अन्तिम सम्बोधन गरे। उनले सम्बोधन सकिसक्दा 'वेटिङ' प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेसँग एकताको मुखैमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निवास पुगिसकेका थिए। राष्ट्रपतिले केपी शर्मा ओलीलाई ४१ औं प्रधान मन्त्रीका रुपमा नियुक्त पनि गरिन्। 

तर, आज प्रधान मन्त्री बनेका केपी ओली सपथ ग्रहण गरेपछि बालकोट नै जानेछन्। आज तीब्र गतिमा प्रधान मन्त्री फेरिए पनि बालुवाटारबाट देउवा आजै हिड्ने छैनन्। देउवा साइत हेराएरमात्रै प्रधानमन्त्री निवास छाड्दैछन् जसरी उनी गत असार ५ गते साइत हेराएरै बालुवाटर सरेका थिए। त्यसैले ओली केही दिनपछिमात्रै बालुवाटार बसाई सर्नेछन्।

ज्योतिषको सल्लाह अनुसार देउवाले शुकवारमात्र बालुवाटार छोड्ने भएका हुन्। देउवा बालुवाटारबाट भोलि बुढानिलकण्ठमा रहेको आफ्नो निवासमा जाने उनका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell