
सामाजिक सञ्जालमा भाइरल भैरहेकी प्रिया प्रकाश वारियर विरुद्ध हायदेराबाद मुस्लिम समुहले पुलिसमा उजुरी दर्ता गरेका छन् उनले फिल्म 'ओदु अदार लभ'को गीतमा आँखा झिम्क्याएको सिनलाई लिएर विवादमा तानिएकी हुन्। उनीमाथि मुस्लिम समुदायको धार्मिक संवेदनामा प्रहार गरेको आरोप लागेको हो। गीतको शब्द र प्रियाले दिएको दश्य मेल नखाने बताइएको छ।
फलकनुमा पुलिसमा दिइएको निवेदनमा उक्त समुहका ५७ जनाले फोन नम्बरसहित हस्ताक्षर गरेका छन्। टाइम्स अफ इन्डियासँग विरोधी समुहका मोहद अब्दुलले भने,'भगवानलाई सम्बोधन गरिएको गीतमा रोमान्टिक सिन हामी सहन सक्दैनौं।' उनीहरुले गीत वा कलाकारमा नभएर सिन र एक्सप्रेसनमा समस्या भएको बताएका हुन्।
पुलिसले आइपिसीको धारा २९५ को आधारमा उजुरी दर्ता गरेको छ। जसले धार्मिक संवेदनामा आघात पुग्ने विषयको सम्बोधन गर्छ। पुलिसले इस्लाम धर्मका विज्ञसँग कुरा गर्नेछ। गीतलाई उर्दु र इङ्गलिसमा अनुवाद गरेर थप अनुसन्धान गरिने जनाइएको छ।