PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

रोनाल्डोको अर्को कीर्तिमान, च्याम्पियन्स लिगमा एकै क्लबका लागि सय गोल



पहिलोपोस्ट

रोनाल्डोको अर्को कीर्तिमान, च्याम्पियन्स लिगमा एकै क्लबका लागि सय गोल
फोटो : एएफपी

रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियन्स लिगमा एकै क्लबका लागि सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्। गएराती भएको अन्तिम १६ अन्तर्गत पेरिस सेन्ट जर्मेन पिएसजी विरुद्धको खेलमा दुई गोल गर्दै रोनाल्डोले रियल मड्रिका लागि १०१ गोल पूरा गरेका हुन्।

सन् २००९ मा स्पानिस क्लब जानुअघि रोनाल्डोले म्यानचेष्टर युनाइटेडका लागि खेल्दै च्याम्पियन्स लिगमा १५ गोल गरिसकेका थिए।

रोनाल्डोले बार्सिलोनाका लियोनल मेसी (९७) भन्दा ४ गोल बढी गरिसकेका छन्।

रोनाल्डोले दायँ खुट्टाले ७१, बायाँ खुट्टाले १७ तथा हेडबाट १३ गोल गरेका हुन्।

 

च्याम्पियन्स लिगमा रोनाल्डोको कीर्तिमान

६ संस्करणमा सर्वाधिक गोलकर्ता

६ भिन्न संस्करणमा १० भन्दा बढी गोल गर्ने एक मात्र खेलाडी

एकै सिजनको समूह चरणमा सर्वाधिक ११ गोल गर्ने खेलाडी (११ गोल २०१५-१६ सिजन)

एकै सिजन सर्वाधिक १७ गोल गर्ने खेलाडी

१७ गोल, २०१३-१४ सिजन

एकै सिजन समूह चरणका सबै खेलमा गोल गर्ने पहिलो खेलाडी (९ गोल २०१७-१८ सिजन)

रियल मड्रिडका लागि रोनाल्डोको गोल २००९ यता

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell