PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पतिद्वारा पत्नीको हत्या



पहिलोपोस्ट

पतिद्वारा पत्नीको हत्या

कञ्चनपुरः जिल्लाको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले पत्नीको कुटपिट गरी हत्या गरेका छन्। 

बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया पत्नी लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन्। घरमा पत्नी मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै उनले कुटपिट गरेका थिए। इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीका अनुसार सम्झाउने क्रममा विवाद हुँदा कुटपीट गरेका थिए। 

बिहीबार बिहान घटनास्थल पुगेर प्रहरी टोली थप अनुसन्धान गरिरहेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell