काठमाडौं: तेलगु फिल्म ‘एक’मा नेपाली युवा विष्णु अधिकारी मुख्य भूमिकामा देखिँदै छन्। उनको यो डेब्यु फिल्म हो। विष्णुको अपोजिटमा अर्पणा शर्मा रहेकी छिन्।
सम्पथ रुद्ररापु निर्देशित फिल्ममा मन्त्र आनन्दले संगीत दिएका छन्। फिल्म नेपाली भाषामा पनि डब हुने बताइएको छ। जसका लागि नेपाली गीत पनि भिडियोसहित समावेश गरिएको छ।
सार्वजनिक गीतमा मन्त्रु आनन्दकै संगीत रहेको छ भने एकतारेको शब्द छ। गीत अभिनेता विष्णु अधिकारीले गाएका छन्। विष्णु र अर्पणा फिचर्ड भिडियोलाई भने निवेश वारले निर्देशन गरेका हुन्।