PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

डिभिजन टू फाइनल : युएईले दियो नेपाललाई २७८ रनको लक्ष्य



पहिलोपोस्ट

डिभिजन टू फाइनल : युएईले दियो नेपाललाई २७८ रनको लक्ष्य

काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को फाइनलमा युएईले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य दिएको छ। विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ४ विकेट गुमाएर २७७ रन बनाएको हो।

युएईका लागि ओपनर अस्फाक अहमेदले शतकिय पारी खेले। उनले १२३ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा ११४ रन बनाए।

अस्फाकले पहिलो विकेटका लागि कप्तान रोहन मुस्ताफासँग १०९ रनको साझेदारी गरेका थिए। मुस्ताफाले ५१ रन बनाए। यस्तै साइमन खनवरले ४० रन जोडे। रमिद शहजाद ४१ रनमा नटआउट रहे।

बलिङमा नेपालका लागि सोमपाल कामी, बसन्त रेग्मी, सन्दीप लामिछानेले १-१ विकेट लिए।

लिग चरणको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell