PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सपथग्रहणमा देखिएका ४ रोचक दृश्य



बीपी साह

सपथग्रहणमा देखिएका ४ रोचक दृश्य
फोटो : रोशन सापकोटा/रासस

काठमाडौं : प्रधानमन्त्रीमा केपी शर्मा ओलीको सपथ कार्यक्रम आजको अप्रत्यासित कार्यक्रम थियो। आजको दिन देशमा दुई प्रधानमन्त्री रहे। एक शेरबहादुर देउवा जसले आजै राजीनामा दिए, अर्को ओली जसले आजै प्रधानमन्त्रीको दावी पेशमात्रै गरेनन् दुई सदस्यलाई साथै लिएर सपथ पनि खाए। 

तोकिएको समयभन्दा एक घन्टा ढिलोगरी सपथ सुरु भयो। चार बजे हुने भनिएको शपथ ग्रहण समारोह ५ बजेपछिमात्रै सुरु भयो। प्रधानमन्त्री ओली, देउवा र विशिष्ट व्यक्ति आइसकेका थिए। तर, उप राष्ट्रपति आउन बाँकी थिए। उपराष्ट्रपति आएको केही बेरमै शपथ ग्रहण सुरु भयो। 
 

ओली र देउवा दुवै उदास

प्रधान मन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र ओली दुवै जनाको अनुहार उदास देखिएको थियो। राष्ट्रपति भवनबाट मञ्चसम्म पुग्दा दुवै नेताको मुहारमा खुशी धेरै झल्केको देखिएन। मञ्चमा बसिरहँदा समेत उनीहरुको मुहारमा उज्यालो देखिएन।

शेरबहादुर देउवा पदबाट बाहिरिँदै मात्र थिएनन्, सत्ता उनले हत्तपत्त फर्काउन सक्ने अवस्था छैन। उमेरले पनि बुढ्यौलीतिर लागेका देउवा चुनावमा नराम्ररी पराजित भएकाले सत्तामा पुग्ने सम्भावना करिब बन्द नै छ। चार पटक प्रधानमन्त्री रहिसकेका देउवाका लागि आजको क्षण धेरै सुखद् नहुनु स्वभाविक हो। तर, दोस्रो पटक प्रधानमन्त्री बनिरहेका केपी शर्मा ओली भने मलिन मुहारमा किन देखिए? आजै माओवादीसहितको सरकार बनाउने तयारीमा रहेका ओलीले माओवादीका मन्त्रीको सूची पाएनन्। आफूसँग आफ्नै पार्टीका दुई सांसदलाई मन्त्री बनाएर उनले मन्त्रिपरिषदको नेतृत्व गर्न पर्योक। सम्भवत: माओवादीविना नै सत्तारोहणले उनको मुहारमा ग्रहण लगायो।


देउवाको उल्टो बाटो

प्रधानमन्त्री रहँदा शेरबहादुर देउवाको आलोचना हुनुको प्रमुख कारण उनको अस्तव्यस्त व्यवहार हुने गर्थ्यो। आजै राजीनामा दिएका देउवा नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ समारोहमा उपस्थित भए तर उनको बेढंगी पारा यहाँ पनि देखियो। सपथ सकेपछि केपी शर्मा ओलीलाई उनले बधाई दिए। त्यसपछि उनले मञ्चमा रहेका राष्ट्रपति, उप राष्ट्रपति र प्रधान न्यायाधीशले हिँडेको बाटो प्रयोग गरेनन्। उनी ओर्लिने रुटतिर नलागी अलमलिँदै त्यसको विपरिततिर लागे। राष्ट्रपति भवनको मुलद्वारबाट भित्र छिर्दा शेरबहादुर देउवा प्रधान न्यायाधीशभन्दा पछि भएका थिए।  


अनुपस्थित मधेशी दलका नेता

मुख्यगरी प्रदेश नम्बर दुईमा आधारित राजनीतिक दलको मुद्दामा केपी शर्मा ओलीको कडा आलोचना रहँदै आएको छ। त्यसैले हुनुपर्छ नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा मधेशमा आधारित राजनीतिक दलका शीर्ष र मध्यक्रमका नेतासमेत सहभागी भएनन्। आम निर्वाचनमा प्रदेश नम्बर २ मा चुनावी अभियानमा समेत ओली अनुपस्थित रहेका थिए। सायद ओलीप्रति मधेशी दलका नेताहरुले पनि प्रितकर सम्बन्ध राख्न चाहेनन्। उनीहरुको अनुपस्थिति सपथ ग्रहणमा खट्किएको थियो। 
  

ओलीको ईश्वरसँगै देश 'स्केप'

नयाँ बन्दै गरेको क्याबिनेटमा माओवादीका मन्त्रीहरु साथ हुने थिए भने प्रधानमन्त्री केपी शर्मा ओली फरक रुपमा प्रस्तुत हुने थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदको मन्त्री बन्ने सूची नदिएकाले हुनुपर्छ ओली केही अलमलिएका देखिए। शायद् तनावमा पनि थिए उनी। जब राष्ट्रपति विद्यादेवी भण्डारीले 'ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि…' भन्दा ओलीले ईश्वरमात्र हैन देशसमेत उच्चारण गरेनन् र जनतामात्र भने। कम्युनिस्ट प्रधानमन्त्रीहरुले हालसम्म ईश्वरको नाममा शपथ लिएका छैनन्। तर, ओलीले ईश्वरको नाम नलिँदा देशकै नाम पनि छुटाइदिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell