PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

पारस खड्का डिभिजन टू मा सर्वाधिक रन बनाउने खेलाडी, सन्दीप सर्वाधिक विकेट लिने खेलाडी



पहिलोपोस्ट

पारस खड्का डिभिजन टू मा सर्वाधिक रन बनाउने खेलाडी, सन्दीप सर्वाधिक विकेट लिने खेलाडी

काठमाडौ : नेपालका कप्तान पारस खड्का नामिबियामा भएको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा सर्वाधिक रन बनाउने खेलाडी भएका छन्। युएई विरुद्धको फाइनल खेलमा ७ रनले पराजित हुँदा नटआउट ११२ रन बनाएका पारसले प्रतियोगिताभर सर्वाधिक २४१ रन बनाए।

पारस डिभिजन टू मा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन्। यसअघि लिग खेलमा क्यानडाका श्रीमन्थ विजेरत्नेले नेपाल विरुदध १०३ रन बनाएका थिए भने फाइनलमा युएईका अस्फाक अहमेदले ११४ रन बनाएका थिए।

पारसले बनाएको ११२ रन प्रतियोगिताको दोस्रो उच्च व्यक्तिगत स्कोर हो।

प्रतियोगितामा पारसले एक शतक र एक अर्धशतक प्रहार गरे। यस्तै पारसले डिभिजन टू मा सर्वाधिक १५ छक्का समेत प्रहार गरे। पारसले ११ चौका समेत प्रहार गरे।

यस्तै युएई अस्फाक २३७ रन बनाउँदै दोस्रो स्थानमा रहे।

यसैगरी प्रतियोगितामा सर्वाधिक विकेट लिने लिस्टमा पनि नेपाली बलर सन्दीप लामिछाने शीर्ष स्थानमा रहे। ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका सन्दीप राम्रो इकोनोमीका कारण अगाडी रहेका हुन्। सन्दीपले युएई विरुद्ध फाइनलमा १ विकेट मात्र लिएका थिए। उनले लिग चरणमा नामिबिया विरुद्ध ४, ओमान विरुद्ध २, युएई विरुद्ध ३, केन्या विरुद्ध ५ तथा क्यानडा विरुद्ध २ विकेट लिएका थिए।

सन्दीपले प्रतियोगिताभर ५२.२ ओभर बलिङ गर्दा ९ मेडन राख्दै १७६ रन खर्चेका थिए। उनको एभरेज १०.३५ तथा इकोनोमी ३.२३ रह्यो।

बिलाल खानको एभरेज १०.७६ तथा इकोनोमी ३.५३ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell