PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

लिस्ट ए क्रिकेटमा पारसको कीर्तिमानी दोस्रो शतक



पहिलोपोस्ट

लिस्ट ए क्रिकेटमा पारसको कीर्तिमानी दोस्रो शतक

काठमाडौं  : नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का लिस्ट ए मान्यता प्राप्त क्रिकेट खेलमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

बिहीवार नामिबियामा सम्पन्न आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को फाइनलमा युए२ विरुद्ध नटआउट ११२ रन बनाउँदै पारसले उक्त उपलब्धी हासिल गरे। पारसले १०३ बल खेल्दै ३ चौकार ८ छक्काप्रहार गरे। पारसको लिस्ट ए क्रिकेटमा यो उच्च स्कोर समेत हो। यसअघि उनले १०३ रन बनाएका थिए। यसैगरि लिस्टमा नेपाली खेलाडीले प्रहार गरेको पनि यो उच्च स्कोर हो।

यसअघि पारसले गत वर्ष वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबिया घरेलु मैदानमा भएको खेलमा शतक प्रहार गरेका थिए।

त्यतिखेर पारसले कीर्तिपुरस्थित त्रिवि मैदानमा ९४ बलमा ७ छक्का र ५ चौकाको मद्दतले १ सय ३ रन बनाएका थिए।

नेपालको लागि भने पारसको यो तेस्रो शतक हो। पारसले सन् २०१२ मा करियरको पहिलो अन्तर्राष्ट्रिय शतक बनाएका थिए। एसीसी ट्रफी इलाइटमा कुवेत विरुद्धको खेलमा पारसले ७७ बलमै नटआउट १०६ रन प्रहार गरेका थिए।

नेपालको लागि लिस्ट ए क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी भने अनिल मण्डल हुने।  अनिल मण्डलले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्ड विरुद्धको पहिलो चरणको खेलमा १०० रन बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell