PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

सन्दीप म्यान अफ दि सिरिज घोषित



पहिलोपोस्ट

सन्दीप म्यान अफ दि सिरिज घोषित
फोटो : रमन शिवाकोटी

काठमाडौं : नेपालका सन्दीप लामिछाने नामिबियामा सम्पन्न आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को म्यान अफ दि सिरिज घोषित भएका छन्।

प्रतियोगिताभर ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका सन्दीप राम्रो इकोनोमीका कारण सर्वाधिक विकेट लिने लिस्टमा अगाडी रहेका हुन्।

सन्दीपले युएई विरुद्ध फाइनलमा १ विकेट मात्र लिएका थिए। उनले लिग चरणमा नामिबिया विरुद्ध ४, ओमान विरुद्ध २, युएई विरुद्ध ३, केन्या विरुद्ध ५ तथा क्यानडा विरुद्ध २ विकेट लिएका थिए।

सन्दीपले दुई महत्वपूर्ण जितमा साथ दिदै ५ रन समेत बनाए। पहिलो खेलमा नामिबिया विरुद् नेपाललाई बसन्त रेग्मीले जिताउँदा सन्दीपले नटआउट १ रन बनाएका थिउ। यस्तै अन्तिम लिग खेलमा करण केसीले नेपाललाई क्यानडा विरुद्ध जिताउँदा सन्दीपले नटआउट ५ रन योगदान गरेका थिए।

सन्दीपले प्रतियोगिताभर ५२.२ ओभर बलिङ गर्दा ९ मेडन राख्दै १७६ रन खर्चेका थिए। उनको एभरेज १०.३५ तथा इकोनोमी ३.२३ रह्यो। बिलाल खानको एभरेज १०.७६ तथा इकोनोमी ३.५३ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell