
काठमाडौं : नामिबियामा भएको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को फाइनलमा नेपालका कप्तान पारस खड्काले नटआउट ११२ रन बनाए। पारसको शतकले पनि २७८ रनको लक्ष्य पछ्याएको नेपालले हार ६र्न सकेन र फाइनलमा युएईसँग ७ रनले पराजित हुँदै उपविजेता बन्यो।
यो पारसले नेपाली राष्६रिय टोलीको लागि प्रहार गरेको व्यक्तिग तेस्रो तथा समग्रमा नेपालको दशौँ शतक हो।
पारसले लिस्ट ए मा प्रहार गरेको भने यो दोस्रो शतक हो। पारस नेपालको लागि कूल ३ र लिस्ट ए मा २ शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। युएई विरुद्ध बनाएको ११२ रन पारसको व्यक्तिगत उच्च स्कोर समेत हो।
नेपालको लागि राजु खड्काले सन २००३ मा पहिलो शतक प्रहार गरेका थिए।
यी हुन् नेपालका लागि शतक प्रहार गर्ने खेलाडी, शतक, विपक्षी, समय, प्रतियोगिता र स्थान
राजु खड्का १०५* vs भुटान – २००३ एसीसी इमर्जिङ टिम्स कप,
शक्ति गौचन १०६* vs इटली – २००५ आइसीसी वर्ल्ड कप क्वालिफाइङ सिरिज, मलेसिया
शरद भेषावकर १०५ vs फिजि – २०१० आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभ, नेपाल
सुवास खकुरेल ११५ vs अमेरिका - २०१२ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोर, मलेसिया
अनिल मण्डल ११३ vs डेनमार्क -२०१२ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोर, मलेसिया
पारस खड्का १०३ vs कुवेत – २०१२ एसीसी ट्रफी एलाइट, युएई
ज्ञानेन्द्र मल्ल ११४ vs सिंगापुर – २०१४ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री, मलेसिया
अनिल मण्डल १०० vs स्कटल्याण्ड – २०१५-१७ (२०१५) आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप, स्कटल्याण्ड
पारस खड्का १०३ vs नामिबिया – २०१५-१७ (२०१६) आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप, नेपाल
पारस खड्का ११२* vs युएई – २०१८ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू, नामिबिया