PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

मध्यरातमा ओलीलाई मोदीको टेलिफोन ‘भारतमा स्वागत गर्न प्रतीक्षारत छु’



पहिलोपोस्ट

मध्यरातमा ओलीलाई मोदीको टेलिफोन ‘भारतमा स्वागत गर्न प्रतीक्षारत छु’
तस्विर: फाइल

काठमाडौँः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाइ दिएका छन्। गएराति १० बजे टेलिफोन गरी मोदीले कार्यकाल सफलताको शुभकामना दिएका हुन्।

टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका थिए। यस्तै नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार मोदीले ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपालस्थित भारतीय राजदूत मञ्जिवसिंह पुरीमार्फत् प्रधानमन्त्री ओलीलाई शुभकामना पत्र पठाएका थिए। पत्रमा ओलीको नेतृत्वमा देशले स्थायित्व पाउनेमा आशावादी रहेको बताएका थिए।

बिहीबार नै विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर शुभकामना दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell