PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

देउवा सरकारी निवास छाड्दै, ओली एक–दुई दिनमा मात्र बालुवाटार सर्ने



पहिलोपोस्ट

देउवा सरकारी निवास छाड्दै, ओली एक–दुई दिनमा मात्र बालुवाटार सर्ने

काठमाडौँः पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्दैछन्। ज्योतिषको सल्लाह अनुसार बालुवाटार प्रवेश गरेका देउवा ज्योतिषकै परामर्शमा बालुवाटार छाड्न लागेका हुन्। ज्योतिषको सल्लाह अनुसार देउवा असार ५ गते सरकारी निवासमा सरेका थिए।

देउवाले बिहीबार पदबाट राजीनामा दिएका हुन्। उनको राजीनामासँगै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। ओली शपथपछि निजी निवास बालकोटमा नै बसिरहेका छन्।

देउवाका प्रेस सहयोगी गोविन्द परियारले शुक्रबार बालुवाटार छाड्ने बिहीबार नै बताएका थिए। बालुवाटार छाडेर देउवा निजी निवास बुढानिलकण्ठ जानेछन्। 

देउवाले बालुवाटार छाड्न लागे पनि ओलीको बालुवाटार प्रवेश भने निश्चित भएको छैन। देउवाले निवास छाडेपछि सरसफाइ गरेर बालुवाटार छिर्ने तयारीमा ओली रहेका छन्। 

ओलीका प्रेस संयोजक चेतन अधिकारीले आज नै ओली बालुवाटार नसर्ने बताए। अधिकारीले भने ‘पहिलो त छाड्नु नै भएको छैन। छाडेपछि पनि सरसफाइ गरेर मात्र सर्ने कुरा हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell