PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मौलिक विविधता राष्ट्रिय एकताको आधार -प्रधानमन्त्री



पहिलोपोस्ट

मौलिक विविधता राष्ट्रिय एकताको आधार -प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको प्ररिणाम अनुसार देशले नयाँ प्रधानमन्त्री पाएको बताएका छन्। प्रधानमन्त्रीले चाँडै नै सरकारले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको पनि बताए।

शेर्पाहरुको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले सरकारको अबको प्राथमिकता समृद्ध देश रहेको बताएका छन्।

शुभकामना सन्देशमा ओलीले समृद्ध नेपालको लागि नेपाल प्राकृतिक स्रोत-साधनले उन्नत रहेको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले शेर्पा समुदायले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउन खेलेको भूमिकाप्रति धन्यवाद पनि दिएका छन्। नेपाल बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक देश भएको उल्लेख गर्दै मौलिक विविधता राष्ट्रिय एकताको आधार रहेको बताएका छन्।

उनले आफू राष्ट्र, राष्ट्रियता, स्वभिमान, शान्ति र लोकतन्त्रप्रति प्रतिवद्ध रहेको पनि बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell