PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

सिरिल रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपति नियुक्त



पहिलोपोस्ट

सिरिल रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपति नियुक्त

केप टाउनः दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा नियुक्त भएका छन्। बुधबार साँझ राष्ट्रपति जेकोब जुमाले राजिनामा दिएपछि रिक्त रहेको पदमा संसदले रामाफोसालार्इ नियुक्त गरेको हो।  

राष्ट्रपतिमा नियुक्त भएपछि संसदमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथमिकता हुने बताए।  

धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको उनको भनाई थियो। 

रामाफोसाले छिट्टै आफ्नो पदको शपथ लिने र देशवासीका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ। 

यसअघि आफ्नै दलको तीव्र दबाब पछि दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामाको घोषणा गरेका थिए। 

सत्तारूढ अफ्रिकन नेशनल कँग्रेस (एएनसी) ले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएको थियो। 

सो पार्टीका सभापति तथा तत्कालीन उपराष्ट्रपति सिरिल रामाफोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि पार्टीले दबाब दिएको थियो। 

सन् २००९ देखि सत्तामा रहेका जुमालाई भ्रष्टाचारसहितका कैयौँ आरोपहरू लाग्दै आएको थियो। 

नवनियुक्त राष्ट्रपति रामाफोसा गएको डिसेम्बर महिनादेखि सत्तारुढ दलको नेतृत्वमा अाएका थिए। 

दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल पनि परेका उनी सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिमा अध्यक्ष थिए। सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell