PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

४५ दिनमा १७ स्कुलमा गोली चल्यो



पहिलोपोस्ट

४५ दिनमा १७ स्कुलमा गोली चल्यो
बुधबार भएको घटनामा मारिएकाहरूको सम्झनामा मैन बाल्दै विद्यार्थी तथा अभिभावकहरू। फोटोः एएफपी

न्यूयोर्कः सन् २०१८ सुरु भएयता ४५ दिनमा १७ विद्यालयमा गोली चलेको छ। बुधबारको फ्लोरिडाको विद्यालयको गोलीकाण्ड १७ अौँ हो।

बन्दुकको नियन्त्रणको पक्षमा वकालत गरिरहेको अमेरिकी संस्था एभ्रीटाउन फर गन सेफ्टीका अनुसार नयाँ वर्षको दुर्इ महिना पनि नपुग्दै गत वर्षको सोही अवधीको तुलनामा भएको घटना मध्ये यो संख्या दोब्बर हो। 

बुधबार भएको घटना सन् २०१२ न्यूटाउनमा भएको अाक्रमण पछिकै ठूलो हो। सो हमलामा २६ जनाको मृत्यु भएको थियो।

२०१७ मा अमेरिकाभर ६५ स्कुलमा गोली चलेका थिए। सो वर्ष यो ४५ दिनको अवधिमा ७ वटा विद्यालयमा गोली चलेको सीएनबीसीले जनाएको छ। 

एभ्रीटाउन फर गन सेफ्टीका अनुसार सन् २०१३ यता २९१ विद्यालयमा गोली चलेको छ। 

अमेरिकामा प्रत्येक वर्ष विद्यालयमा अाम हत्या गर्ने गरी गोली चल्दै अाएका छन्। २००७ मा भर्जिनिया टेक युनिभर्सिटीमा ३२ जनाको ज्यान लिने गरी घटना भएको थियो।

ट्रम्पको अालोचना
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपव्लिकन सभामुख पल रायनको अमेरिकाभित्रै अालोचालन सुरू भएको छ। पछिल्लो समय बन्दुक राख्न पाउने कानुनबारे सिनेटमा छलफल गराउन अस्विकार गरेपछि  डेमोक्र्याट्सहरूले उनीहरूको अालोचना गरेका हुन्। 

१७ जनाको ज्यान जाने गरी फ्लोरिडाको एउटा विद्यालयमा गराइएको गोलीकाण्डको भोलिपल्ट उनीहरूको आलोचना सुरू भएको बीबीसीले जनाएको छ।

राष्ट्रपति ट्रम्पले विद्यालयहरूलाई सुरक्षित तुल्याउनु आफ्नो प्रशासनको मुख्य प्राथमिकता हुने बताएका छन्। तर बन्दुक राख्न पाउनेसम्बन्धी कानूनको समीक्षा गर्नुपर्ने कंग्रेसको माग सम्बोधन गर्न भने उनले चाहेनन्।

फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा बुधवार भएको गोलीकाण्डमा १७ जना मारिएका थिए। घटनामा कम्तीमा १४ जना घाइते भएको र कैयौँको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुझ्न पनि आफ्नो प्रशासन कटिबद्ध रहेको बताएका छन्। राष्ट्रपति ट्रम्पले एउटा सम्बोधनका क्रममा भनेका छन्, 'म तपार्इँहरूलार्इ विश्वास दिलाउन चाहन्छु तपार्इँहरू कहिल्यै एक्लै हुनुहुन्न र कहिल्यै हुनुहुने पनि छैन्।' सम्बोधनका क्रममा उनले मानसिक स्वास्थ्यलार्इ जोड दिएका थिए। 

यसैबीच राष्ट्रपति ट्रम्पभन्दा फरक धारणा राख्दै अर्थमन्त्री स्टिभन मुनुशीनले गोलीकाण्ड दुखद भएको बताएका थिए।

तर पछि मुनुशीनको कार्यालयले बन्दुक राख्न पाउनेसम्बन्धी कानूनमा परिवर्तन ल्याउन उनले आग्रह गरेको भन्ने कुरा अस्वीकार गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell