PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा समिति 



पहिलोपोस्ट

प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा समिति 

हेटौँडाः प्रजातन्त्र दिवस मनाउनका लागि प्रदेश ३ मा मुख्यमन्त्रीको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ। प्रदेशको अस्थायी राजधानी हेटौँडामा ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका भव्यरुपमा मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ४१७ सदस्यीय मूल समारोह समिति शुक्रबार गठन गरिएको हो। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको हो।

प्रजातन्त्र दिवसको अवसरमा तीनदिने कार्यक्रमअन्तर्गत फागुन ६ गते साहित्यिक कार्यक्रम, फागुन ७ गते प्रभातफेरी र प्रवचन गोष्ठी, फागुन ८ गते परिसंवाद कार्यक्रम आयोजना गरिने मकवानपुर जिल्ला समन्वय परिषद्का प्रमुख रघुनाथ खुलालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell