PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

कमल थापाले किन दिए ओलीलाई पुनः शपथ लिन सुझाव?



पहिलोपोस्ट

कमल थापाले किन दिए ओलीलाई पुनः शपथ लिन सुझाव?

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहणमा देश शब्द उच्चारण गर्न छुटाएको भन्दै पुनः शपथ लिन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले नियतवश देश शब्द उच्चारण गर्न नछुटाए पनि अभिलेखका लागि शपथ सच्याउन थापाको सुझाव छ। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाको उदाहरण दिँदै थापाले प्रधानमन्त्रीको शपथमा देश छुट्नु राम्रो नभएको उल्लेख गरेका छन्।

ट्वीट लेख्दै उनले भनेका छन् ‘अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटि हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहोर्‍याएर शपथ लिएका थिए। प्रम केपी ओलीले शपथमा देश शब्द उच्चारण गर्न छुटाउँनु भयो। निश्चय नै यो नियतवश होइन। तसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु। शपथमा देश छुट्नु राम्रो होइन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell