PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बारामा एक युवकको घाँटी रेटेर हत्या, शवको पहिचान हुन सकेन



पहिलोपोस्ट

बारामा एक युवकको घाँटी रेटेर हत्या, शवको पहिचान हुन सकेन

वीरगंजः बारामा गएराति एक युवकको घाँटी रेटेर हत्या गरिएको छ। बारा प्रहरीले हत्या गरिएका युवकको लाश परवानीपुर गाउपालिका -५ बहुअरीको सरेहबाट बरामद गरेको छ।

गाउँलेले  बहुअरी वडाको नौतन चोकदेखि ५ मिटर उत्तरमा पर्ने गण्डक नहरको पश्चिमपट्टी सडकमा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। तराई मूलका जस्तो देखिने युवकले निलो जिन्स, हरियो जुता, तथा वैजनी रङको ज्याकेट लगाएका छन्।

शवको पहिचान हुन नसकेको र घटनाबारे अनुसन्धान भइरहेको बाराका एसपी राजकुमार वैदवारले बताए।

'घटनाको प्रकृति हेर्दा अर्कै ठाउँबाट हत्या गरी बहुअरीमा फालिएको जस्तो देखिन्छ। पर्सा तथा सीमापारिका प्रहरीसँग समन्वय गरी अनुसन्धान गर्दैछौँ' वैदवारले भने ।

गाउँ नजिकै लास फेला परेपछि स्थानीय त्रसित बनेको बहुअरीका वडाध्यक्ष रामेश्वर साह कलवारले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell